हिंसा त्यागे विप्लव समूहसँग वार्ता : सञ्चारमन्त्री बाँस्कोटा « Khabarhub

हिंसा त्यागे विप्लव समूहसँग वार्ता : सञ्चारमन्त्री बाँस्कोटा


७ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- सरकारले संविधानलाई स्वीकार गर्दै हिंसात्मक गतिविधि त्यागे नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग वार्ता गर्न सकिने स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले संविधानले राजनीतिक, आर्थिक, सामाजिकलगायत अधिकारको सुनिश्चित गरेको भन्दै उक्त समूहलाई संविधानलाई आत्मसात गरी हिंसा छोडेर वार्तामा आउन आग्रह गरे ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न विहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, “हामी (सरकार) स्पष्टरूपमा भन्छौँ, ‘संविधान मान हिंसा छोड, पूरै खेल खत्तम’ सर्त त्यही माने भइगोनी अरु सर्तै चाहिँदैन, वक्तव्य जारी गरेर यसैगरी हामीले ‘हिंसा छोड्यौँ शान्ति रोज्यौँ’ भने पुग्छ ।”

चन्द समूहले पछिल्लो समय केही सर्त सरकारले मानेको खण्डमा वार्तामा आउने संकेत गरेको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले सरकारको धारणा स्पष्ट पारेका हुन् ।

“अहिलेको संविधानले दिएको सबैखाले अधिकारको ‘फ्रेमवर्क’ भित्र आएर हिंसा छोड्छौँ भनेपछि न त प्रतिबन्ध लगाउनुपर्‍यो, न त पक्राउ र रिहा नै गर्नुपर्‍यो । जनतालाई दुःख दिने, विकास र अग्रगतिको बाटोलाई अवरोध पुर्‍याउने कार्य समग्रमा यो एक प्रकारको राष्ट्रघाती कदम हो । हिंसा नेपाली समाजका निम्ती अस्वीकार्य छ”, उनले भने।

एक अर्को प्रसङ्गमा सञ्चारमन्त्री बाँस्कोटाले सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको भन्दै गल्ती गर्ने कसैलाई पनि कानूनी उन्मुक्ति नहुने स्पष्ट पारे । उनले भने , “सुशासन कायम, कानूनको पालना, न्याय स्थापित गर्न तथा सामाजिक मूल्यपद्धत्तिको रक्षा गर्न र त्यसलाई थप मर्यादित र व्यवस्थित गर्न सरकार लागि परेको छ ।”

र्‍यापर गायक भिटेन भनिने समीर घिसिङको पक्राउका सन्दर्भमा एक सञ्चारकर्मीले राखेको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले कलाकार र पत्रकार समाजको जिम्मेवार पहरेदार मात्र नभई सभ्य समाज निर्माणको महत्वपूर्ण माध्यम पनि भएकाले कलाकारको प्रस्तुति र मिडियाले प्रयोग गर्ने भाषा सभ्य र मर्यादित हुनुपर्नेमा जोड दिए ।

उनले भने, “नेपालको आफ्नै मौलिकतालाई पनि नबिर्सौँ, शब्दहरुको सापटी वा शब्दहरु ‘कम्युनिकेसन’को माध्यम पनि हुन् र देशको संस्कृतिको परिचय पनि हुन् । अहिलेको समाज जङ्गली त हैन जसले जहाँ जे बोले पनि हुने, जे लेखे पनि हुने, जहाँसम्म पक्राउ परेका कलाकार भिटेन, ‘थापा’ लगायतको कुरा छ, भोलि अरु पनि पर्लान् जो जसका भए पनि सभ्य समाजका निम्ती पाच्य प्रस्तुति हुनुपर्छ, कालाकारिता समाजको ऐना हो । दिदी भाइ, बहिनी, आमा र परिवारसँग बसेर तिनले गाएको गीत सुन्नुस् अनुहार लाजले रातोपिरो हुन्छ कि हुँदैन ।”

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहिबार  ७ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित