नेपाललाई आठ अमेरिकी सांसदको पत्र– तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगरियोस् « Khabarhub

नेपाललाई आठ अमेरिकी सांसदको पत्र– तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगरियोस्


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका आठ सदस्यले नेपाललाई पत्र लेखेका छन् । उनीहरुले तिब्बती शरणार्थीहरुको मानव अधिकारको पूर्ण रक्षा गर्न आह्वान गर्दै पत्र पठाएका छन् ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीलाई पत्र लेख्दै उनीहरुले तिब्बती शरणार्थीहरुलाई चीनमा डिपोर्ट नगर्न आग्रह गरेका हुन् ।

सेप्टेम्बर ५ मा तिब्बतबाट नेपाल प्रवेश गरेका ६ तिब्बतीलाई चिनियाँ अधिकारीहरुको जिम्मा लगाएको भन्दै अमेरिकी सांसदहरुले विरोध जनाएका हुन् ।

तिब्बतीलाई चिनियाँ अधिकारीको जिम्मा लगाएर नेपालले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी (यूएनएचसीआर)सँगको सहमति उल्लंघन गरेको उनीहरुले आरोप लगाएका छन् ।

टम लान्टोस ह्युमन राइट्स कमिसनका सहअध्यक्ष जेम्स पी म्याकगभर्न र क्रिस्टोफर एच स्मिथका साथमा माइकल टी म्याक्कउल, इलियट एल एन्जेल, डेविड ई प्राइस, वर्न बुकानन, प्रमिला जयपाल र स्टिभ चाबोटले राजदूत डा. कार्कीलाई पत्र पठाएका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि तिब्बती शरणार्थीको सम्भावित प्रदर्शनलाई रोक्न प्रहरीले गरेको धरपकडप्रति उनीहरुले आपत्ति जनाएका छन् ।

त्यस्तै, नेपाल र चीनबीच हुने भनिएको सुपुर्दगी सन्धिप्रति पनि उनीहरुले चासो देखाउँदै नेपाललाई यस्ता सन्धिप्रति सतर्क रहन सुझाव दिएका छन् । सी चिनफिङको भ्रमणका क्रममा सुपुर्दगी सन्धि नभएको विषयलाई उनीहरुले स्वागत गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित