आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली « Khabarhub

आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । सम्भवतः  सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको बालुवाटार निकट स्रोतको भनाइ छ ।

कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषयमा भने केही खुलाइएको छैन । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।

नियमित डायलाइसिसले सहज जीवन सम्भव नभएकाले मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा चिकित्सकहरु पुगेको हुँदा आफू पनि मानसिकरुपले तयार रहेको अवगत गराए ।

उनले मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने विषयमा पनि जानकारी गराएका थिए । स्रोतले खबरहबलाई जानकारी दिएअनुसार सम्भवतः सोमबार साँझसम्म अर्का अध्यक्ष प्रचण्ड र केही पार्टीका हितैसीहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

केही दिन यता मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्रीले ओलीले पार्टीका नेताहरुसँग आन्तरिक छलफल गर्दै आएका थिए ।

गत बिहीबार प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  करिव डेढघण्टा छलफल गरेका थिए भने मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा प्रधानमन्त्री लागेका हुन् । यस्तै कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन समेत हुने सक्ने स्रोतले जनाएको छ ।

मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरे पनि अपेक्षित परिणाम नआएपछि प्रधानमन्त्री असन्तुष्ट रहँदै आएका थिए । केही समयअघि भएको समीक्षामा कामै नभएको भन्दै उनले आपत्ति समेत जनाएका थिए ।

यसैबीच, सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ।

बैठकले नेतृ विन्दा पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘प्रवासी नेपालीहरूको सम्पर्क एकता स्थापित गर्ने र प्रवासी नेपालीहरू हकहितको रक्षामा भूमिका खेल्न समन्वय कमिटी गठन गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने,‘हाम्रो पाटीको प्रवासमा कमिटी बनाउने नीति भने छैन।’

कमिटीको सहइन्चार्जको जिम्मा लक्ष्मण पन्तलाई दिइएको छ भने अध्यक्षमा युवराज चौंलागाईलाई नियुक्त गरिएको छ। श्रीप्रसाद साहलाई कमिटीको सचिव र दिलु बिकलाई सदस्य बनाइएको छ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित