सातै प्रदेशका सात कृषकलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गरिने « Khabarhub

सातै प्रदेशका सात कृषकलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गरिने


२५ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ यहि भदौँ २८ गते प्रदान गरिने भएको छ ।

‘शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान’ भन्ने नारासहित आगामी भदौँ २८ गते एक भव्य समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जनालाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ बाट नगद पुरस्कारसहित अर्वाड प्रदान गर्नेछन् । कार्यक्रम दिउसोँ २ बजेबाट राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।

कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयता विगत एक दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान सबैको तयारी पूरा भएको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।

जसका लागि कृषि तथा पशुपंछी विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सक्रियतामा मुलुकभरका क्रियाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरि सातै प्रदेश बाट उत्कृष्ट ५–५ जना कृषकहरुको नामावली यसअघि नै सार्वजनिक गरिएको थियो ।

एउटा प्रदेशबाट २२ देखि ४२ जना कृषकहरुको काम क्षमता, फर्म र उनीहरुको प्रगतिलाई हेरर उत्कृष्ट ५ जनाबाट पनि सर्वोकृष्ट १ जना छनोट गर्न लागेको खनालले बताए ।

‘मुलुकमा कृयाशिल कृषकहरुको प्रोत्साहन बढाउनुपर्ने अहिलेको आवश्यकता छ’ अध्यक्ष खनालले भने । मुलुकका सात वटै प्रदेशबाट ५–५ जना प्रतिष्पर्धी कृषकहरुको योग्यता, क्षमता, दक्षता र व्यवसायीक सफलताको मापन गर्दै निर्णायक समितिको मूल्यांकनका आधारमा नै यो नामावली प्रकाशन गरिएको छ । ‘

राष्ट्रिय सभा गृहमा उत्कृष्ट कृषक घोषणा कार्यक्रम गरिने समेत अध्यक्ष खनालले बताए । सोही दिन ‘राष्ट्रिय शिखर अनर अवार्ड–२०७६’ बाट पनि विभिन्न १२ वटा विधामा १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

शिखर नेपालले २०६४ सालदेखि विभिन्न विधामा विभिन्न सम्मान तथा अर्वाड निरन्तर रुपमा गर्दै आएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७६, बुधबार  ४ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित