भूमि मिचेको भन्दै भारत र चीनविरुद्ध प्रदर्शन « Khabarhub

भूमि मिचेको भन्दै भारत र चीनविरुद्ध प्रदर्शन


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले भारत र चीनले मिचेको भूमि फिर्ताको माग राख्दै केही दिन यता आन्दोलन चर्काउँदै आएका छन् ।

उनीहरुले भारत र चीनले मिचेको सीमा विवाद समाधान लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिएका छन् ।

अनेरास्ववियूको ज्ञापनपत्र

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले छिमेकी मुलुक भारत र चीनले मिचेको सीमाना फिर्ता गर्न केही दिन यता सडक आन्दोलन गर्दै आएको छ ।

चीनले मिचेको २६ हेक्टर जमिन र भारतले कालापानीलगायतका सीमा समस्याका विषयमा अनेरास्ववियूले तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै भारतले हालै सार्वजनिक गरेको नक्सा सच्याउनका लागि तत्काल कूटनीतिक पहल गर्न र नेपालको एक इञ्च पनि जमीन नछाड्न आग्रह गरेको हो ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालीपानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै मन्त्री ज्ञवालीले परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट समस्याको समाधान गर्ने र आवश्यक परेमा त्योभन्दा उच्चस्तरीय तहबाटै भारत सरकारसँग कूटनीतिक संवाद गर्ने तयारीमा सरकार रहेको उल्लेख गरेका थिए ।

अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङले सीमा समस्याको दीर्घकालीन समाधानका लागि वैज्ञानिक सिमाङ्कन प्रणाली कायम गर्न र सीमा क्षेत्रमा राज्यको बलियो र प्रभावकारी उपस्थिति सुनिश्चित गर्न माग गरेका थिए ।

नेविसंघ र राप्रपाले निकाले मसाल जुलुस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पनि नेपालको भूमि मिचिएको विरोधमा दैनिक प्रदर्शन गर्दै आएको छ ।

नेविसंघका विद्यार्थीले नेपाली भूमिको रक्षाका लागि आफूहरु आन्दोलनमा उत्रिएको बताएका छन् । नेपालको भूमि अतिक्रमणको विरोधमा आइतबार साँझ नेबिसंघले प्रदर्शनीमार्गमा मसाल जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा नेबिसंघका केही नेता तथा कार्यकता पक्राउ परेका छन् ।

पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई अविलम्व रिहा गर्न नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गरेका छन् । प्रहरीले नेविसंघका प्रेम शाही, सैलेन्द्र गौडेल, सुरज सेजुवाल, पन्कज सुवेदी, लक्ष्मी सिलवाल, अशोक विस्ट, अनुराग साह, बलराम ढकाल, सन्जिव ढकाल लगायतका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको नेबिसंघका नेता कुन्दनराज काफ्लेले जानकारी दिए।

नेबिसंघका महामन्त्री समेत रहेका काफ्लेले भने, ‘भारत र चीनले मिचेको जमिन सरकारले फिर्ता नल्याएसम्म हाम्रो सशक्त आन्दोलन जारी रहनेछ ।’

यसैबीच, नेपालको सीमाना मिचिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) युवक संगठनले पनि आइतबार राजधानीमा मसाल जुलुस निकालेको छ । जुलुस निकाल्ने क्रममा दुई दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राप्रपा पार्टी कार्यलय धुमबाराहीबाट निस्केको मसाल जुलुस गैरीधारा पुगेपछि प्रहरीले लाठी चार्ज गरेको थियो। प्रहरीले राप्रपा युवक संगठनका उपाध्यक्ष मणि सिंखडा, सहायक प्रवक्ता रमान्द न्यौपाने, सचिव सन्तोषी शाही ठकुरी, कर्ण बहादुर माझी लगायत दुई दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको थियो ।

उनीहरुलाई आाइतबार राति रिहा गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) युवक संगठनका नेता तथा कार्यकर्ता रिहाइपछि सामूहिक तस्वीरमा

चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

यसैबीच, चीनले नेपालको भूमि अतिक्रमण गरेको विरोधमा सर्लाहीका स्थानीय युवाहरुले आइतबार चीनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेका छन् । उनीहरुले चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सीमाना हडपेको आरोप लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।


‘गो ब्याक चाइना प्रेसिडेन्ट, नेपाली भूमि फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए । तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको हो ।

दुई छिमेकी मुलुक भारत र चीनले नेपालीको सीमा मिचेको विरोधमा देशव्यापीरुपमा केही दिन यता प्रदर्शन भइरहेको छ । नेपाली भूमिको रक्षाका लागि सकाररलाई दबाब दिन विद्यार्थी, नागरिक समाज, ‘सिमाना बचाउ अभियान’का अभियन्ता तथा सर्वसाधारणले आन्दोलनमा सहभागिता जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित