इँटा उद्योग वातावरणमैत्री बनाउन व्यवसायीलाई नगरपालिकाको पत्र « Khabarhub

इँटा उद्योग वातावरणमैत्री बनाउन व्यवसायीलाई नगरपालिकाको पत्र


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- पाँचखाल नगरपालिकाले मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमिा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेको छ । नगरपालिकाले उद्योगीलाई पत्राचार गरी इँटाभट्टा व्यवस्थित गरी वातावरणमैत्री बनाउन आग्रह गरेको हो ।

इँटा उद्योग मापदण्ड तथा नगरपालिकाद्वारा निर्माण वातावरण ऐनअनुसार उद्योग सञ्चालन गर्न उद्योगीलाई पत्राचार गरेको नगरप्रमुख महेश खरेलले बताए ।

‘पाँचखालमा मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेका छौँ, पाँचखाल उपत्यकाको वातावरण स्वच्छ बनाउन वातावरण ऐन पनि पास गरिसकेका छौँ, सोहीअनुसार उद्योग सञ्चालन गर्न अनुरोध गरिसकेको छौँ, सोहीअनुसार नभए चल्न दिँदैनौँ’, उनले भने ।

पाँचखालका वडा नं ७, ८, ९ र १२ मा मापदण्डविपरीतका हाल सात इँटा उद्योग र एक प्लाइउड कारखाना सञ्चालनमा छन् । थप १५ उद्योग स्थापनाका लागि प्रस्ताव आउँदा आफूले वातावरणमैत्रीबिना सञ्चालन गर्न अनुमति नदिएको नगरप्रमुख खरेलले बताए । उनले भने, ‘मलाई विभिन्न प्रलोभनसहित गत र चालू आर्थिक वर्षमा उद्योग स्थापनाको प्रस्ताव आयो, मैले वातावरणमैत्रीबिना स्वीकृत नदिने भनेर फर्काएको छु ।’

पाँचखालको वातावरण स्वच्छ, हराभरा बनाउने उद्देश्यले निर्माण गरिएको वातावरण ऐन नगरसभाले पारित गरेको छ । स्थानीय तहले मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्ने पूर्ण अधिकार नभएकाले वातावरण ऐनमार्फत मानव तथा कृषि उपजमा प्रतिकूल असर पार्ने उद्योग व्यवस्थित तथा वातावरणमैत्री बनाउन लागिएको हो । वातावरण प्रभाव मूल्याङ्कन (आइइई) अध्ययन गर्दा सबै इँटा उद्योग स्वीकृतअनुसार ९८ प्रतिशतसम्म मापदण्डविपरीत सञ्चालनमा रहेका उनले जानकारी दिए ।

नपाले तयार पारेको वातावरण संरक्षण ऐनमा ‘नागरिककको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न, वातावरणीय जोखिम न्यूनीकरण गर्न तथा प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्न कानूनी व्यवस्था वान्छनीय भएकाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम नगरसभाले यो ऐन बनाएको’ भनिएको छ ।

ऐनअनुसार अब कसैले पनि नगरपालिकाको स्थानीय राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको मापदण्डविपरीत हुनेगरी र वातावरणमा प्रतिकूल प्रभाव पार्ने, जनजीवन र जनस्वास्थ्यमा खतरा हुने कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनि, ताप, रेडियोधर्मी विकीरण तथा फोहरमैला निष्काशन गर्न पाउँदैन ।

यसअघि, गत पुस २८ गते नमोबुद्ध नपाको भकुण्डेमा मापदण्डविपरीत सञ्चालित आठ इँटा उद्योगलाई जिल्ला समन्वय समितिको रोहवरमा नगरपालिकाले गत भदौ ८ गते उद्योगको चिम्नी क्रेनमार्फत भत्काएको थियो । औद्योगिक सञ्चालन ऐन २०५९ अनुसार भने मानव बस्ती, विद्यालय र वन क्षेत्रभन्दा ५०० मिटर टाढा इँटा उद्योग सञ्चालन गर्न पाइने प्रावधान छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित