लोकसेवाको विज्ञापन विवादित ! « Khabarhub

लोकसेवाको विज्ञापन विवादित !


१९ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा १५ जेठमा प्रकाशित गरेको विज्ञापन विवादित बनेको छ। प्रदेश २ मा आयोगले खोलेको विज्ञापनमा समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारलाई अस्वीकार गरिको भन्दै त्यसको विरोध भएको नयाँ पत्रिकामा खबर छ ।

प्रदेश २ को सरकार, प्रमुख सत्तारुढ नेकपाको प्रदेश २ समिति, राजपा नेपाल र समाजवादी पार्टी नेपालले विज्ञापनको विरोध गरेका छन्। विज्ञापन तत्काल फिर्ता लिन पनि उनीहरूले माग गरेका छन्। विज्ञापनले नेपालको संविधान, २०७२ को धारा (३८) को उपधारा (४), धारा ४० को उपधारा (१), धारा ४२ को उपधारा (१) र धारा २८५ ले प्रत्याभूत गरेको महिला, दलित, मधेसी, थारू, जनजाति, मुस्लिमसमेतलाई राज्यका हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात गरेको दाबी उनीहरूले गरेका छन्।

मापदण्डविपरीतको होटेल उद्घाटन गर्न प्रधानमन्त्रीद्वारा अस्वीकार शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । प्रधानमन्त्री केपी ओलीले एउटा विवादास्पद होटेलको उद्घाटन गर्न अस्वीकार गरेका छन्। साढे तीन तलाको मात्र नक्सा पास गरी ११ तला निर्माण गरिएको थाहा पाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन्। प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान सवा १० बजे पोखरा विमानस्थल उत्रिएका थिए। त्यसपछि उनी सीधै लेकसाइडस्थित होटेल स्विस इन्टरनेसनल पुगेका थिए। तर, मापदण्डविपरीत बनेको होटेल उद्घाटन गर्दा आलोचित हुने देखिएपछि उनी त्यसै फर्किएका हुन्।

प्रधानमन्त्रीभन्दा अघि संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा होटेल पुगिसकेका थिए। प्रधानमन्त्रीसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुखसमेत होटेल पुगेका थिए। प्रधानमन्त्री ओली होटेलको सातौँ तलामा गएर बसे। त्यहाँ होटेल उद्घाटन गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्रीले मुख्यमन्त्रीसहित अन्यसँग छलफल गरेपछि उद्घाटन नगर्ने निर्णयमा पुगेको स्रोतले बतायो।

खानेपानी अभावले बसाइँ सरायो शीर्षकको समाचारमा पूर्वी पहाडी जिल्ला संखुवासभाका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ। खानेपानीको हाहाकार भएपछि जिल्लाका तीन स्थानीय तहका ४५ घरपरिवार बसाइँ सरेका छन्। खानेपानी अभावकै कारण पाँचखपन नगरपालिकामा–१० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घरपरिवार बसाइँ हिँडेका हुन्।

धर्मदेवी नगरपालिकाको ७ र ८ नम्बर वडाबाट मात्रै २५ घरपरिवार बसाइँ सर्न बाध्य भएका छन्। वडा नम्बर ७ बाट १५ र वडा नम्बर ८ बाट १० घरपरिवार दुई वर्षमा बसाइँ सरेको ७ नम्बरका वडाध्यक्ष भोलामान श्रेष्ठले बताए। उनका अनुसार, ७ नम्बर वडाभित्रका कुवापानी, आहाले, मालवासेलगायत गाउँमा खानेपानीको चरम अभाव छ। त्यस्तै, ८ नम्बर वडाका खाल्चे, पाडरे, जागिर गाउँ, कुडुले फापलिङलगायतका गाउँमा पनि खानेपानी छैन।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ६ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित