भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत गीतामा कृष्णले भनेका छन्- दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च । अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम् ।। दम्भ, घमण्ड, अहङ्कार, क्रोध, कठोरता र अज्ञान आसुरी स्वभावका लक्षण हुन् भन्ने यसको अर्थ हुन्छ। अथवा, कामभन्दा प्रदर्शनलाई प्राथमिकता दिनु दम्भको एक रूप हो। चाणक्य भन्छन्- 'रूपलाई गुणले सुशोभित बनाउँछ,…