पूर्वहरूमा जागेको जग हँसाउने जाँगर !

राजा महेन्द्रले आफ्ना विश्वासपात्र विष्णुमणि आचार्यलाई मन्त्रिमण्डलमा लैजान योग्य व्यक्तिको रोस्टर बनाउन अह्राए । विष्णुमणिले स्वीकारोक्तिको मुन्टो हल्लाए। प्रसङ्ग त्यतिक्कै सेलायो, न राजाले नाम मागे, न विष्णुमणिले राजालाई आफूले टिपेका नाम नै बुझाए। महिनौंपछि राजाले विष्णुमणिलाई सोधे- ‘खै, विष्णुमणि तिमीले यतिका समयसम्म मलाई लिस्ट दिन किन ढिला गरेको ?’ विष्णुमणिले अदवसाथ जवाफ फर्काए- ‘लिस्ट त…