प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन्। गौतमले आफू सहमहामन्त्री पदको उम्मेदवार बन्ने जानकारी खबरहबलाई दिएकी हुन्। कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमध्ये एक पदमा महिला अनिवार्य हुने व्यवस्था छ। २०४६ सालको राजनीतिक आन्दोलनदेखि कांग्रेसको राजनीतिमा सक्रिय गौतम पार्टीभित्र वैचारिक नेतृका रूपमा परिचित छन्। लामो समयदेखि पार्टीको संगठनात्मक तथा…