तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज मोडलहरू अपनाएर जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न वायुसेवा निगमको व्यवस्थापनलाई निर्देशन दिइसकेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले तत्कालै नयाँ जहाज किन्न सम्भव नभएको भन्दै लिजमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू…