बंगलादेशमा दुर्गा पूजाका लागि बनाइएका मूर्ति तोडफोड

काठमाडौं- बंगलादेशको टाङ्गाएल जिल्ला अन्तर्गत मिर्जापुर उपजिल्लाको जामुर्की पश्चिमपारास्थित एउटा मन्दिरमा निर्माण भइरहेका सातवटा दुर्गा पूजाका मूर्तिहरू अज्ञात समूहद्वारा तोडफोड गरिएका छन्। मन्दिर व्यवस्थापक तथा स्थानीय प्रहरीका अनुसार यो घटना बुधबार रातिदेखि बिहीबार बिहानको समयबीच घटेको हो। जामुर्की आर्य समितिको आयोजनामा उक्त मन्दिरमा विगत ८५ वर्षदेखि निरन्तर रूपमा दुर्गा पूजा मनाइँदै आइएको स्थानीयहरूले बताएका छन्।…