काठमाडौँ उपत्यकामा २१४ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४७ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ५१ जना कोरोना संक्रमित थपिएका हुन् ।