सन्दर्भ विश्व ब्रेल दिवस : स्वास्थ्य सचेतनासहित ब्रेल सामग्री वितरण

काठमाडौँ– ब्रेल लिपिका आविष्कारक लुइस ब्रेलको २१२औँ जन्मजयन्ती तथा विश्व ब्रेल दिवस २०२१ को अवसरमा कास्कीमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कास्की नेत्रहीन सङ्घको आयोजना एवं हेल्पिङ हेन्ड्सको सहयोगमा स्वस्थ्य चेतनामूलक कार्यक्रमअन्तर्गत मास्क, स्यानिटाइजर तथा ब्रेल सामग्री प्लेट, स्टाइलस, ब्रेल पेपर, दृष्टिविहीनमैत्री क्रिकेट ब्याट र बल तथा लुँडोलगायतका विभिन्न सामग्री वितरण गरिएको हो…