अर्थसंक्षेप : नेपाल–भारतबीच व्यापार सहजीकरणका लागि वार्ता, ५ अंकले घट्यो नेप्से र बैंकिङ क्षेत्रको निक्षेप ४.२ प्रतिशतले बढ्यो

अर्थमन्त्री भन्छन्- तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक वर्षमा बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।…