पूर्वआईजीपीद्वारा पुलिस एकेडेमी महाराजगञ्जबाट हटाउने निर्णय खारेजीको माग

काठमाडौँ– नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) महाराजगञ्जबाट हटाउने निर्णय खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पुलिस एकेडेमी महाराजगञ्जबाट काभ्रेमा सार्ने निर्णय खारेजीको माग राखेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई त्यहाँबाट हटा‍एर काभ्रेमा सार्ने निर्णय गरेको थियो । राष्ट्रपति…