‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई कतारमा पक्राउ गरी आज नेपाल ल्याइएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँलाई इन्टरपोल दोहाको सहयोगमा कतारमा पक्राउ गरी उक्त मुद्दामा कारबाही गर्ने गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।…