कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एकै दिन चार जना लागूऔषधसहित पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध (खैरो हेरोइन) १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–५ का २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका–३ का २१ वर्षीय दिनेश बिष्ट, सुक्लाफाँटा नगरपालिका–१० का २८ वर्षीय रोशन चन्द र…