नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय

ललितपुर- जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी नख्खु कारागारबाट फरार भएपछि प्रहरीले पुनः पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा कारागार कार्यालय नख्खु, ललितपुरबाट भागेका अशोक भन्ने अनिष भुजेललाई आइतबार साँझ करिब ५:४५ बजे लगनखेल बसपार्कबाट पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा खोजतलास गर्दा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले…