जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

झापा- झापा क्षेत्र नम्बर ५ स्थित गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई उनकै घरमा कुटपिट गरिएको छ । सार्वजनिक भएको सीसीटीभी फुटेजअनुसार सुवेदीलाई उनको घरमै पुगेर कुटपिट गरिएको हो । मादक पदार्थले मातेका गौरादह नगरपालिका-५ राजपति चोक, चप्रामारी निवासी ३४ वर्षीय भीष्म सिटौलाले सुवेदीलाई उनकै घरमै गालीगलौजसहित कुटपिट गरेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । मेयर सुवेदीलाई…