पर्यटकको चाप बढेपछि शहर छाडेर गाउँ फर्किँएका युवा होम स्टे चलाउँदै

कास्की– गण्डकी प्रदेशकै उत्कृष्ट घरबास सुविधा भएको गाउँ पर्वतको चित्रेका स्थानीयवासी पर्यटक आगमन बढ्दै गएपछि पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति शहरबाट गाउँ फर्कनेको सङ्ख्या बढ्दै गएको छ । गाउँमा पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले पोखराको होटल व्यवसाय छाडेर गाउँ फर्किएको…