शिक्षामन्त्रीलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत « Khabarhub

शिक्षामन्त्रीलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई आइतबार चितवनमा विद्यार्थीहरूले कालो झण्डा देखाउँदै विरोध गरेका छन्।

मन्त्री पोखरेल सहभागी भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक माग र असन्तुष्टि व्यक्त गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले कालै बेलुनसमेत उडाएर मन्त्री पोखरेलको आलोचना गरे ।

प्रदर्शनका क्रममा उनीहरूले वालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध नाराबाजी पनि गरे। शिक्षामन्त्रीलाई कालोझण्डा देखाइएको स्थानमा सयौँको संख्यामा सुरक्षाकर्मी उतारिएको थियो।

विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। विद्यार्थीहरूले विरोधको कारणबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

पछिल्लो समय शिक्षासम्बन्धी नीति तथा नियमावलीको विरोधमा देशभर विभिन्न विद्यार्थी र शैक्षिक क्षेत्रसँग सम्बन्धित संगठनहरू आन्दोलित छन्।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित