आजदेखि देशभर तीन महिने डेंगु सचेतना अभियान « Khabarhub

आजदेखि देशभर तीन महिने डेंगु सचेतना अभियान


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले देशभर आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु भएको छ । 

सरकारले डेंगुको अत्यधिक जोखिम रहने साउन, भदौ र असोज महिनालाई लक्षित गरी यो विशेष अभियान सञ्चालनमा ल्याएको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्र काट्दै यो अभियान अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

यस अभियान अन्तर्गत मन्त्रालयले प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने मुख्य नीति लिएको छ । जसअनुसार सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, विद्यालय तथा सामुदायिक संस्थाहरूमा अनिवार्य रूपमा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट  गरिनेछ ।

यस अभियान अन्तर्गत स्थानीय तहको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ। 

स्थानीय तहहरूले कम्तीमा हप्ताको एक दिन समुदायको सक्रिय सहभागितामा ‘लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोज तथा नष्ट अभियान’ चलाउने, डेंगु रोकथामका लागि बहुनिकाय समन्वय सुदृढ गर्ने तथा अटो वर्कसप, ग्यारेज, कवाडी सामान व्यवस्थापन स्थल र निर्माणाधीन भवन जस्ता पानी जम्ने सम्भावना भएका स्थानहरूको नियमित अनुगमन गरी पानीको निकास र व्यवस्थापन गर्न आह्वान गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १२ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित