रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’ « Khabarhub

रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक भएको छ ।

‘सिकाइ समूह’द्वारा शुक्रबार आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका जानकार प्रा डा विद्यानाथ कोइराला, साहित्यकार हरिहर तिमिल्सनाले पुस्तक सार्वजनिक गरेका छन् ।

डा मैनालीले त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विषयमा ‘कक्षाकोठा शिक्षणमा सञ्चारको योगदान’ शीर्षकमा गरेको विद्यावारिधिको शोध प्रबन्धलाई परिमार्जनसहित पुस्तक प्रकाशन गरेका हुन्  । 

लेखक डा मैनालीका अनुसार पुस्तकले विद्यालयमा विद्यार्थीमैत्री, सहभागितामूलक र प्रभावकारी पठनपाठनको वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ ।

‘पुस्तकको केन्द्रीय बहस विद्यमान शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित दुवै प्रकारका सिकाइ पद्धतिले कक्षाकोठालाई द्वैत संरचनामा सीमित गरिरहेको अवस्थालाई परिवर्तन गर्दै सहनिर्माणमा आधारित अद्वैत कक्षाकोठा निर्माण गर्नु हो’, डा मैनालीले भने, ‘शिक्षक र विद्यार्थीबीच रहेको कृत्रिम दूरी हटाई अर्थपूर्ण संवाद र समझदारीमार्फत सिकाइलाई प्रभावकारी बनाउने पक्षमा पुस्तकले स्पष्ट वकालत गरेको छु ।’

कार्यक्रममा प्रभावकारी शिक्षण-सिकाइमा सञ्चारको भूमिका विषयमा विज्ञहरूबीच अन्तरक्रियात्मक मन्थनसमेत गरिएको थियो । 

वक्ताहरूले पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) प्रविधि र मोबाइल फोनको बढ्दो प्रयोगका कारण विद्यार्थीहरूको सिकाइ शैलीमा परिवर्तन आएको बताउँदै शिक्षकले परम्परागत घोकाइभन्दा सिर्जनात्मक, संवादमुखी र प्रविधिमैत्री शिक्षण विधि अपनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।

वाणिज्यशास्त्र र पत्रकारिता एवं आमसञ्चार दुवै विषयमा उच्च शिक्षा हासिल गरेकाका डा मैनाली पत्रकारिताको अध्यापन र पाठ्यक्रम लेखनमा पनि संलग्न हुन् । रेडियो सगरमाथाका संस्थापक र दक्षिण एसियामा सामुदायिक रेडियोका अभियन्ता मैनालीले नेपाल विद्याभूषण, प्रेस स्वतन्त्रता सेनानीलगायत सम्मानबाट सम्मानित छन् ।

नेपाली परिवेशमा आधारित कक्षाकोठा सञ्चारका मौलिक उदाहरण, सञ्चारसम्बन्धी समस्या तथा तिनका व्यावहारिक समाधानलाई कथाशैली र दृष्टान्तमार्फत प्रस्तुत गरिएको पुस्तकको विशेषताबारे पनि छलफल गरिएको थियो । रासस

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ७ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित