जलविद्युत् क्षेत्रको सुधारले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण « Khabarhub

जलविद्युत् क्षेत्रको सुधारले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियाली विकास बैंक (एडीबी)ले सन् २०२६)का लागि नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई संशोधन गर्दै केही सुधार हुने अनुमान सार्वजनिक गरेको छ। बैंकले आफ्नो पछिल्लो प्रतिवेदन ‘एसियन डेभलपमेन्ट आउटलुक जुलाई २०२६’ मार्फत नेपालको अर्थतन्त्रमा जलविद्युत् क्षेत्रको योगदान सकारात्मक रहने भन्दै वृद्धिदर बढ्ने देखाएको हो ।

एडीबीले सन् २०२६ को जुलाईमा सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२६ (मध्य जुलाईमा समाप्त हुने आर्थिक वर्ष) का लागि नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान गरिएको छ । यो प्रक्षेपण यसअघि अप्रिलमा गरिएको २.७ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो । विशेषगरी जलविद्युत् क्षेत्रसँग सम्बन्धित औद्योगिक गतिविधिमा आएको तीव्रताका कारण यो वृद्धि सम्भव भएको प्रतिवेदनमा उल्लेख छ । 

यद्यपि, बैंकले सन् २०२७ का लागि भने वृद्धिदरको लक्ष्य घटाएको छ। यसअघि ५.० प्रतिशत रहने अनुमान गरिएकोमा अहिले त्यसलाई संशोधन गरी ४.५ प्रतिशतमा झारिएको छ । मध्यपूर्वको द्वन्द्वका कारण पर्यटक आगमनमा पर्न सक्ने असर र वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा आउन सक्ने गिरावटलाई यसको प्रमुख कारण मानिएको छ ।

महँगीको सन्दर्भमा नेपालका लागि मिश्रित तथ्यांक प्रस्तुत गरिएको छ। सन् २०२६ का लागि मुद्रास्फीति दर ३.२ प्रतिशतमा खुम्चने अनुमान छ, जुन अप्रिलको ३.७ प्रतिशतको प्रक्षेपणभन्दा कम हो । कृषि उपजको आपूर्तिमा भएको सुधार र खाद्यान्नको मूल्यमा आएको गिरावटका कारण यो वर्ष महँगी नियन्त्रणमा रहने देखिएको हो । 

तर, सन् २०२७ मा भने महँगी पुनः बढ्ने प्रक्षेपण गरिएको छ। इन्धनको मूल्य वृद्धि, सरकारको वित्तीय विस्तार र बढ्दो आन्तरिक मागका कारण सन् २०२७ मा मुद्रास्फीति ५.० प्रतिशत पुग्न सक्ने अनुमान एडीबीले गरेको छ ।

प्रतिवेदनले नेपालको मौद्रिक नीति कसिलो रहँदा रहँदै पनि सन् २०२६ को सुरुवाती महिनाहरूमा मुद्रास्फीतिले निर्धारित सीमा नाघेको देखाएको छ । यस्तै, नेपालको प्राथमिक सन्तुलन कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋणात्मक रहने प्रक्षेपण गरिएको छ ।

एसियाली विकास बैंकले सन् २०२६ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.० प्रतिशत रहने अनुमान गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  १ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित