लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह « Khabarhub

लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले वर्षौंदेखि एउटै जग्गामा घर बनाएँ, खेतीपाती गरेँ र परिवार हुर्काएँ ।

 तर एउटा अभाव भने सधैँ खड्किरह्यो १ जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जा । आज त्यो अभाव अन्त्य भयो । नापी कार्यालय धनुषाबाट लालपुर्जा हातमा परेपछि उनको अनुहारमा देखिएको खुसी शब्दमा व्यक्त गर्न गाह्रो थियो ।

‘हाम्रा बाजेदेखि भोगचलन गर्दै आएको जग्गाको आज कानुनी कागज पायौँ । अब आफ्नै सम्पत्तिको प्रमाण हातमा छ । बैंकबाट ऋण लिन, छोराछोरीको भविष्यका लागि योजना बनाउन र अन्य कानुनी काम गर्न सहज हुनेछ,’ उनले खुसी व्यक्त गरे।

रायजस्तै गणेशमान चारनाथ नगरपालिका–५ र ६ का ३२८ परिवारले आइतबार गाउँब्लक जग्गाको लालपुर्जा प्राप्त गरे । पुस्तौँदेखि भोगचलन गर्दै आएका उनीहरूका लागि यो केवल एउटा कागज मात्र नभई लामो समयदेखि माग गरिएको अधिकारको औपचारिक मान्यता बनेको छ ।

स्थानीयवासीका अनुसार लालपुर्जा नहुँदा जग्गा आफ्नै भए पनि त्यसको कानुनी प्रमाण प्रस्तुत गर्न कठिन हुन्थ्यो । बैंकिङ कारोबार, ऋण सुविधा, स्वामित्व हस्तान्तरण तथा अन्य सरकारी सेवामा अनेक समस्या भोग्नुपथ्र्यो । अब भने ती समस्या धेरै हदसम्म हट्ने विश्वास उनीहरूको छ ।

नापी कार्यालय धनुषाका प्रमुख उमेश साहका अनुसार विस २०७० मै नापजाँच भए पनि प्राविधिक र प्रशासनिक कारणले वितरण प्रक्रिया लामो समयसम्म रोकिएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अहिले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख जितनारायण यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएका नागरिकलाई कानुनी स्वामित्व दिलाउनु राज्यको दायित्व भएको बताए। उनले अझै लालपुर्जा प्राप्त गर्न बाँकी रहेका परिवारलाई पनि प्रक्रिया पूरा गरी चाँडै स्वामित्वको प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित