दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला « Khabarhub

दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी संरक्षण तथा प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरेको हो ।

दिक्तेलस्थित शुभम् फाउन्डेसनमा सुरु भएको कार्यशालामा ‘विश्वको उत्कृष्ट नेपाल बनाउने महाअभियान’ नामक संस्थामा आबद्ध १८ जना मूर्तिकारले ढुङ्गामा विभिन्न आकृतिका मूर्ति निर्माण थालेका छन् । विभिन्न जिल्लाका ख्यातिप्राप्त मूर्तिकारले बनाएका कलात्मक मूर्तिलाई धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा लगेर राखिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नगरप्रमुख भट्टराई र प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले ढुङ्गामा छिनो र मार्तलले आकृति कोरेर मंगलबार कार्यशालाको शु्भारम्भ गरेका छन् । सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख राईले नगरपालिकाको यो मूर्तिकला कार्यशाला दीर्घकालीन महत्वको भएको बताए ।

कार्यशालामा गौतमबुद्धको अर्धकदको मूर्ति, जट्टाधारी शिवजीको अर्धकदको मूर्ति, किरात संस्कार तथा संस्कृतिसँग सम्बन्धित ढोल, झ्याम्टा, बाबु (चिन्डो) तथा धनुषवाण, लोपोन्मुख जनावर रेडपाण्डालगायतका कलात्मक मूर्ति निर्माण गरिने अभियानका निर्देशक नकुल सिंले जानकारी दिए । पन्ध्र दिनसम्म सञ्चालन हुने कार्यशालामा प्राज्ञिक, वरिष्ठ मूर्तिकार, कला साधक तथा कलाकारले आफ्नो अवधारणाअनुसारका मूर्त तथा अमूर्त शैलीमा कलासमेत सृजना गर्ने जनाइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको मझुवागढीलाई सौन्दर्यकरण गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकार (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) को ठूलो धनराशि लगानी भइरहेको छ । दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल करिब ४५ मिनेट उकालो चढ्दा पुगिने मझुवागढीलाई सांस्कृति विविधतामा आधारित पर्यटकीय गन्तव्य बनाउन कलात्मक मूर्ति राख्ने तयारी गरिएको हो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यो नगरपालिकाले भौतिक पूर्वाधार विकाससँगै कला, साहित्य तथा सृजनाका कार्यक्रम सञ्चालन गरिरहेको छ । पर्यावरण संरक्षणका रेडपाण्डा तथा थार महोत्सव, स्थानीय कच्चा पदार्थलाई प्रयोगमा ल्याउन राष्ट्रिय बाँस सम्मेलन, चित्रकलालाई प्रवर्द्धन गर्न मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालालगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा सहभागी विभिन्न ४१ देश ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्र सङ्कलन गरेर सङ्ग्रहालय स्थापना गरिएको छ । नगरपालिकाले स्थापना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला सङ्ग्रहालय’का लागि सङ्घीय सरकारले तीन करोड बजेट उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ११ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित