योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह « Khabarhub

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन् ।

बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उनले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका हुन् ।

योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने धारणा व्यक्त गरेका छन् ।

सन्देशमा योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक एवं पुरातात्विक तथ्यले हाम्रो मुलुक योगभूमिका रूपमा रहेको पुष्टि गर्दै आएको उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलले योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गका रूपमा स्थापित गर्दै यसको विकासका लागि थप कार्य गर्न आवश्यक भएको बताएका छन् ।

योग अभ्यासबाट दैनिक कार्यक्षमता, रोग प्रतिरोधात्मक क्षमता र पाचन प्रणाली सुदृढ हुने तथा सकारात्मक सोचको विकास भई आन्तरिक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले योगले ज्ञान, कर्म, चेतना र स्थिरतातर्फ डो¥याउने भएकाले स्वस्थ जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख गरिएको छ ।

विश्वव्यापी रूपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश भएको बताउँदै राष्ट्रपतिले आधुनिक जीवनमा बढ्दो तनाव, प्रदूषण र प्रतिस्पर्धाबाट प्रभावित मानव जीवनलाई सहज, सरल र स्वस्थ बनाउन योगलाई जीवनशैलीका रूपमा अपनाउनुपर्नेमा जोड दिएका छन् ।

सन्देशमा उनले विश्व योग दिवसले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै शारीरिक, मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा स्वस्थ तथा सुखी रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ९ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित