क्यान्सर औषधि सहज उपलब्ध हुने « Khabarhub

क्यान्सर औषधि सहज उपलब्ध हुने


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकामा अब सहज उपलब्ध हुनेछ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्धता हुने बताए। उनले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकामा अब सहज रूपमा उपलब्ध गराइने बताए । 

“औषधिको अभाव रहेकाले हामीले बिरामीलाई सहजताका लागि देशभरि केही ठाउँमा अस्पताल र फार्मेसीको नामै तोकेर उपलब्ध गराउने गरेका छौँ”, उनले भने, “अब चाँडै नै औषधिको आयातलाई सहज बनाएर बिरामीलाई सजिलै उपलब्ध गराउने छौँ ।” 

उनले सरकारले ती औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले सहज पाइने बताए। क्यान्सरको किमोथेरापी उपचारका लागि हुने ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ लगायत औषधिको अभाव विगत दुई महिनादेखि भएको हो ।

विभागले ती औषधि पाउनका लागि जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौँ, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क तोकिएको छ । 

किमोथेरापी उपचारका लागि सबभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ औषधि आवश्यक पर्दछ । सूचना अधिकारी बज्राचार्यका अनुसार अहिले नेपालमा ‘कार्बोप्लाटिन’ औषधि दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ । 

नेपालमा बिरामीका लागि महिनामा एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्दछ । नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले बिरामीको उपचारलाई अभाव हुन नदिनका लागि आफूहरूले महँगा भए पनि औषधि नेपाल आयात गरेर उपलब्ध गराइरहेको बताए। 

उनले एक महिनालाई पुग्ने ‘सिस्प्लाटिन’ औषधि भारतबाट नेपाल आउने क्रममा रहेको जानकारी दिए । उनले सरकारले मूल्य समायोजन गरेपछि औषधिको अभाव नहुने बताए।

भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो । 

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ७ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित