पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग « Khabarhub

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने साइकल मार्ग निर्माण भएको छ। 

अन्नपूर्ण गाउँपालिकाले घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाइ लम्बाउने उद्देश्यले साइकल मार्ग निर्माण गरेको हो । साइकल मार्गको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र पूर्वअध्यक्ष डमबहादुर पुनले उद्‌घाटन गरे। 

अन्नपूर्ण गाउँपालिकाले चालु आव २०८२-८३ मा बिनियोजन गरेको रु छ लाख बजेटबाट पुनहिलदेखि लुङलुङ सिद्ध, लालीगुराँसपार्क हुँदै घोडेपानीको फलेघर जोड्ने चार किलोमिटर साइकल मार्ग निर्माण भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । 

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलदेखि हिमाल हेर्दै गुराँसे जंगलभित्र साइकलमा साहसिक र रोमाञ्चक यात्रा गर्न पाइने राइडर आनिल विश्वकर्माले बताए। 
    
‘पुनहिल–घोडेपानी पोखरादेखि नजिकको आकर्षक साइकलिङ गर्ने मार्ग हो’, उनले भने, ‘साइक्लिङका लागि आवश्यक सबै मापदण्डहरू पूरा भएको साइकल मार्ग बनेकोमा खुसी लागेको छ ।’

अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष रहेका साइकल मार्गका अभियन्ता डमबहादुर पुनले घोडेपानी र पुनहिल क्षेत्रलाई केन्द्रित गरेर लालीगुराँस पार्क, पेरीभारानी ताल जोड्ने घोडा मार्ग सञ्चालन गरिएको बताए। पर्यटकको चाहनाअनुसार राम्चेकाफलडाँडा, हिस्तान टिकोट, शिख, खिवाङ जोड्ने साइकल मार्गको पनि सम्भाव्यता अध्ययन गरिएको पुनले बताए। 

गाउँपालिकाका अध्यक्ष पुनका अनुसार साइकल मार्गको प्रवर्द्धन र विस्तार गर्न आगामी आर्थिक वर्षको बजेट र योजनामा समावेश गरिनेछ । सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल र पहाडी भूगोलको अवलोकन गर्न सकिने पुनहिलका लागि साइकल मार्ग नयाँ सम्भावना भएको उनको भनाइ छ । 

घोडेपानीदेखि करिब ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुगिने पुनहिलबाट गुर्जा, पुथा, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ । घोडेपानी–पुनहिल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ११ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित