टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुबो रोप्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको अभियानमार्फत टुँडिखेललाई थप हराभरा, आकर्षक तथा वातावरणमैत्री बनाउने प्रयास गरिएको हो।

काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायहरूको समन्वयमा सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत टुँडिखेलमा दुबो रोप्ने, हरियाली संरक्षण गर्ने तथा खुला क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम भइरहेको छ।

काठमाडौं उपत्यकाको मुटुमा अवस्थित टुँडिखेल ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण खुला क्षेत्र मानिन्छ। यहाँ राष्ट्रिय दिवसका समारोह, विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रम, खेलकुद गतिविधि तथा सर्वसाधारणको दैनिक व्यायाम, घुमफिर र मनोरञ्जनका गतिविधि सञ्चालन हुँदै आएका छन्।

पछिल्ला वर्षहरूमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण तथा यसको मौलिक स्वरूप जोगाउने विषयमा विभिन्न सरोकारवाला निकाय तथा नागरिकस्तरबाट चासो व्यक्त हुँदै आएको छ। खुला क्षेत्रको संरक्षणसँगै वातावरणीय सन्तुलन कायम राख्न हरियाली विस्तारलाई प्राथमिकता दिइएको बताइएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  २ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित