हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह « Khabarhub

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’ आक्रमण गर्न आह्वान गरेका छन् । इरानसँगको शान्ति सम्झौतामा हेजबुल्लाह द्वन्द्वलाई समावेश गर्न आफूले स्वीकृति नदिएको उनले बताए ।

‘म हिजबुल्लाहमाथि थप भौतिक आक्रमण हेर्न चाहन्छु। मलाई लाग्छ कि यो अधिक सर्जिकल हुनुपर्छ’, ट्रम्पले एनबीसीको ‘मिट द प्रेस’ सँगको संक्षिप्त संवादमा भने, ‘म लेबनानको जीवन राम्रो भएको हेर्न चाहन्छु ।’

इजरायलले आइतबार इरान समर्थक हेजबुल्लाहको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको छ र युद्धविरामका बाबजुद आफ्नो क्षेत्रमा लक्षित आक्रमणको बदला लिएको बताएको छ।

इरानसँगको सम्झौतामा लेबनानलाई पनि समावेश गर्न माग गरिरहेको हो कि भन्ने प्रश्नमा ट्रम्पले भने, ‘होइन, होइन , त्यसो पटक्कै होइन । म माग गरिरहेको छैन।मलाई लाग्छ कि तिनीहरू यो चाहन्छन्, तर मैले यसका लागि स्वीकृति दिइरहेकोे छैन ।’

ट्रम्पले यसअघि पनि लेबनानसम्बन्धी छलफललाई इरानसँगको सम्झौताको वार्ताबाट अलग राख्न चाहेको बताउँदै आएको थियो भने तेहरानले दुई द्वन्द्वलाई जोड्न चाहेको उनले बताए ।

ट्रम्पले गत हप्ता ‘द न्यूयोर्क पोस्ट’सँगको अन्तर्वार्तामा पुष्टि गरे, ‘उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्नुभएको र त्यस क्रममा उहाँले लेबनानमा इजरायली आक्रमणको बारेमा आफ्ना निकट सहयोगीलाई हप्काएको भने सत्य हो।’

लेबनानमा इजरायली आक्रमणले मार्च २ मा पुनः लडाइँ सुरु भएयता धेरै भवनहरू ध्वस्त पारेको छ र तीन हजार ५६० भन्दा बढीको मृत्यु भएको छ। इजरायलतर्फ लेबनानमा २९ सैनिक र एक गैर–सैनिक नागरिक ठेकेदारको मृत्यु भएको सेनाले जनाएको छ ।

अमेरिका–इजरायल आक्रमणको पहिलो लहरमा मारिएका इरानी सर्वोच्च नेता अली खामेनीको बदला लिन इजरायलमाथि आक्रमण गर्न थालेपछि हेजबुल्लाहले लेबनानलाई मध्यपूर्व युद्धमा तानेको थियो । इजरायल र हेजबुल्लाहबीचको लडाइँ अन्त्य गर्ने भनिएको युद्धविराम अप्रिल १७ मा लागू भयो, तर यसलाई कहिल्यै पूर्ण रूपमा सम्मान गरिएको छैन।

अन्तर्वार्तामा ट्रम्पले सिरियाली राष्ट्रपति अहमद अल–शारा (अमेरिकासँग घनिष्ठ सम्बन्ध बनाएका पूर्व जिहादी) नेतासँग लेबनान द्वन्द्वमा सम्झौता गर्न ‘मद्दत गर्न चाहेको पनि बताएका छन् । ‘हामी सिरियालाई सिफारिस गर्न सक्छौं। सिरियाले उनीहरूको कार्यलाई सफा गर्न धेरै राम्रो काम गरिरहेको छ। उनीहरूसँग धेरै राम्रो नेता छन्’, उनले भने, ‘मद्दत गर्न चाहन्छन्।’

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ९ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित