निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार « Khabarhub

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल, वीरगञ्जबाट पनि उपलब्ध हुने भएको छ । 

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गरी निजामती कर्मचारी अस्पताल काठमाडौंले उपलब्ध गराउने छुट तथा सहुलियतसहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल र नारायणी अस्पतालमा पनि उपलब्ध हुने जानकारी दिएको हो । 

उक्त छुट तथा सहुलियतसहितको स्वास्थ्य उपचार सेवा निजामती कर्मचारी अस्पतालबाट परिचयपत्र प्राप्त गरेका निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई तोकिएबमोजिम उपलब्ध हुनेछ । 

सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा लिई जानुपर्ने सूचनामा उल्लेख गरिएको हो ।

निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले निजामती कर्मचारी अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवालाई प्रदेशस्तरमा समेत विस्तार गर्ने सरकारको नीतिअनुसार सो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ । 

सूचनामा भनिएको छ, ‘त्यसका अतिरिक्त बाँकी प्रदेशबाट समेत सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय भई सेवा प्रदायक अस्पतालहरूको सूचीकरण भएको हुँदा आवश्यक तयारी पूरा गरी निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारीलाई उपलब्ध गराउँदै आएको छुट, सहुलियतसहितको स्वास्थ्य उपचार सेवा सबै प्रदेशबाट उपलब्ध गराइनेछ ।’ 

यस व्यवस्थाबाट काठमाडौं उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी र आश्रित परिवारले आफ्नै प्रदेशमा स्वास्थ्य सेवा प्राप्त गर्न सहजता हुने मन्त्रालयको अपेक्षा छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ७ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित