इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना « Khabarhub

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका एक इरानी–अमेरिकी पत्रकारले आफू र अन्य अमेरिकी बन्दीका लागि स्वास्थ्य सहायता उपलब्ध गराउन वासिङ्टनसँग आग्रह गरेको छ ।

इरानी मुलका अमेरिकी नागरिकताधारी पत्रकार रेजा वालिजादेहलाई अमेरिकी लगानीमा सञ्चालित फारसी भाषाको रेडियो फार्दाका लागि दुश्मनसँग सहकार्य गरेको आरोपमा जेल सजाय सुनाइएको हो ।

गत फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको युद्धको समाधानका लागि तेहरान र वासिङ्टनबीच वार्ता जारी भइरहेका बेला सीबीएस न्यूजले प्राप्त गरेको उहाँकै आवाजमा रेकर्ड गरिएको सन्देश सार्वजनिक भएको हो ।

दुई मिनेटको रेकर्डिङमा वालिजादेहले आफू र तेहरानको एभिन जेलमा रहेका अन्य तीन जना अमेरिकी बिरामी भएको र उपचारबाट वञ्चित भएको बताएका छन् ।

सन्देशमा भनिएको छ, ‘हामी चारै जना विभिन्न रोगबाट पीडित छौँ र वास्तविक चिकित्सा सेवाबाट वञ्चित छौँ, अमेरिकी सरकारले इरानी नाविकहरूको रिहाइको बदलामा कम्तिमा हाम्रा लागि वास्तविक चिकित्सा सेवाहरूको माग गर्न सक्थ्यो ।’

रेकर्डमा भनिएको छ, ‘यदि हाम्रो रोगको उपचार एक ठूलो माग हो भने पनि सरकारले कम्तिमा इरानी अधिकारीहरूलाई कैदमा हामीविरुद्ध सबै शारीरिक दबाब र मानसिक यातना कम गर्न आग्रह गरोस्।’

एएफपीले रेकर्डिङको आधिकारिकता पुष्टि गर्न सकेको छैन तर सीबीएस न्यूजले रेकर्डिङ भर्खरको हो र गत हप्ता इरानी अधिकारीहरूले युद्धकालीन सञ्चार प्रतिबन्धहरू खुकुलो पारेपछि बनाइएको बताएको छ ।

वालिजादेहका वकिल रायन फाहीले सीबीएस न्यूजसँग भने, ‘वालिजादेह लगातार खोकी, ढाड दुख्ने र दाँतको समस्याबाट पीडित हुनुहुन्छ ।’ इजरायली आक्रमणले जेलको केही भागमा क्षति पुर्याएको उल्लेख गर्दै फहीले भने, ‘उनी जेलमा भएको हवाई आक्रमणबाट बाँच्नुभएको थियो ।’

संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा भनेको थियो, ‘अमेरिका वालिजादेहको हिरासतको बारेमा जानकार छ र इरानलाई उहाँलाई रिहा गर्न आह्वान गरेको पनि थियो ।’

अधिकारवादी समूहहरूले इरानको जेलको अवस्थाबारे चासो व्यक्त गर्दै भनेका छन्, ’इरानी जेलमा प्रायः कैदीहरू भीडभाड र खाना, पानी, स्वच्छता आपूर्ति, औषधि र स्वास्थ्य सेवाको अभावबाट पीडित छन् ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ९ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित