अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध « Khabarhub

अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ ।

गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले बताए ।

अहिले गर्मी बढेसँगै ओभरलोडका कारण ट्रान्सफर्मर पड्कने, तार पग्लने, जल्नेजस्ता समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या हुन गएको छ ।

नेपाल विद्युत् प्राधिकरणको ग्रीड सबस्टेशन अटोमेसन आयोजनाले ग्रीड सबस्टेशनलाई अटोमेसन गर्न लागेकाले समेत विद्युत् आपूर्तिमा समस्या भएको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको सबस्टेशनमा १० वटा पिलरको फिडरलाई अटोमेसन गर्ने काम गरिएको थियो ।

वैशाख १६ गतेदेखि सुरु गरिएको अटोमेसन कार्य रोकिएको छ भने वितरण केन्द्रबाट दैनिक ६५ मेगावाट विद्युत् खपत हुँदै आएको छ ।

यस केन्द्रमा १८० मेगावाटको क्षमता रहेको छ । यहाँबाट चनौली वितरण केन्द्रमा समेत विद्युत् जाने गर्दछ । केन्द्रमा हाल ७५ हजार ग्राहक छन् ।

सबै ग्राहकले गर्मीको समयमा विद्युत् खपत बढाउँदा समस्या आएको चौधरीले बताए । यस वितरण केन्द्रका दुईवटा सबस्टेसनमा ९०–९० मेगावाट विद्युत् आपूति हुने गर्दछ । 
 

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ३ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित