सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित « Khabarhub

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित


१६ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको छ । आज यहाँ परिषद्का अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले योजनाको मस्यौदा पारित गरेको हो । यो निर्णयसँगै अब उक्त मस्यौदा मन्त्रिपरिषद्मा पेस गरिने छ ।
    
प्रदेश नीति तथा योजना आयोगद्वारा आर्थिक वर्ष २०८३-८४ देखि २०८७-८८ सम्मका लागि तयार गरिएको उक्त योजना विभिन्न आधारहरूमा टेकेर निर्माण गरिएको हो । योजनाको तयारीमा पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, नेपाल सरकारको सोह्रौँ योजना, संविधान, ऐन–नियम, आर्थिक सर्वेक्षण, तथा विभिन्न सरोकार भएकाहरूसँगको व्यापक छलफलबाट आएका सुझावलाई समेटिएको नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले जानकारी दिए । 

योजनाले ‘समुन्नत सुन्दर सुदूरपश्चिम’ लाई दीर्घकालीन सोचका रूपमा अघि सारेको र प्रदेशवासीको गुणस्तरीय जीवन सुनिश्चित गर्नु मुख्य लक्ष्य राखिएको उनले बताए। यस्तै, उत्पादन र उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य तथा शिक्षा सुधार, वातावरण संरक्षण र सुशासन प्रवर्द्धनलाई योजनाले प्रमुख उद्देश्यका रूपमा समेटेको छ ।

योजनाअन्तर्गत कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई प्राथमिकतामा राख्दै आर्थिक वृद्धि हासिल गर्ने, यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा समान पहुँच सुनिश्चित गर्ने रणनीति अघि सारिएको छ ।

यसैगरी जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण तथा विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकता दिइएको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय, समावेशी र रोजगारमुखी उच्च शिक्षाको विकास गर्ने लक्ष्य लिइएको छ । छात्रवृत्ति कार्यक्रम, डिजिटल शिक्षण प्रणाली, अनुसन्धान प्रवर्द्धन तथा सीप विकासमा जोड दिइने पनि योजनाको मस्यौदामा उल्लेख छ ।

प्रदेश सरकारले यस योजनालाई दिगो विकास, सुशासन, डिजिटल रूपान्तरण र समावेशी आर्थिक विकासतर्फको महत्त्वपूर्ण मार्गनिर्देशक दस्तावेजका रूपमा लिएको नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले बताए।  

‘पहिलो पञ्चवर्षीय योजनाका उपलब्धि, सिकाइ, चुनौतीका आधार र समग्र प्रदेशको आर्थिक पुनरुत्थान, दिगो विकासलगायत रूपान्तरणकारी योजना समेटेर दोस्रो आवधिक योजनाको मस्यौदा तयार गरिएको छ’, उनले भने ,’अब प्रदेश सरकार मन्त्रिपरिषद्मा पेस गरेर थप प्रक्रिया अगाडि बढ्छन् ।’
 

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ६ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित