छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति « Khabarhub

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो । 

एक्याप लोमान्थाङ र एक्याप जोमसोम कार्यक्षेत्र भित्र रहेका स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)ले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको हो ।

झण्डै नौ घण्टा पैदल दूरीको बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि पा हुँदै लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ सम्मको पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि एक्यापअन्तर्गत दुई समितिले अगलअलग रुपमा काम गरिएको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए । 

छुसाङदेखि पासम्मको दूरीमा छुसाङ समिति र ताङ्ग्यादेखि पासम्मको दूरीमा सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको प्रमुख पौडेलले जानकारी दिए । उपल्लो मुस्ताङ जाने पर्यटकीय पदमार्गको छुसाङदेखि पा हुँदै ताङ्ग्या पर्यटकीय पदमार्गको वैशाख १५ देखि पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य थालिएको एक्यापले जनाएको छ ।  
    
पदमार्गको मर्मत तथा स्तरोन्नतिका लागि स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिले घरेलु औजारसहित कामकाजमा जनशक्ति परिचालन गरेको हो । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार छुसाङलेखि पा हुँदै ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत सुधारलगायत कार्य दुई साताभित्र सम्पन्न हुने जानकारी दिए । 

बर्सेनि बर्खायामको वर्षाका कारण हुने भेलबाढी र पहिरोका कारण उक्त पदमार्ग भत्किने र बिग्रिने गरेको र पदमार्गलाई बर्सेनि मर्मत सुधारको कार्य गरिरहनुपर्ने प्रमुख पौडेलको भनाइ छ । छुसाङदेखि पा हुँदै ताङ्ग्या पदमार्गका कतिपय स्थानमा ग्याविक प्रोटेक्सन गरिएको छ भने पदमार्ग दुई स्थानमा काठेपुल निर्माण गरिन लागिएको छ ।

यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत ध्ये खोलादेखि त्याङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य गरेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रमको कार्यविधिअनुसार दैनिक ज्यालादारी दिनेगरी पदमार्ग मर्मत सुधारको कामकाजमा खटाएको उनले बताए।
 
पछिल्लो समय मुस्ताङका पर्यटकीय पदमार्ग सडक सञ्जालका कारण मासिँदै जान थालेका छन् । राष्ट्रिय गौरवको कोरला सडक र शाखा सडकको विकासले यहाँका पर्यटकीय पदमार्ग मासिन थालेको हो ।

कालीगण्डकी करिडोर सडकको पश्चिम छुसाङ, तेताङदेखि पा हुँदै ताङ्ग्या जोड्ने उपल्लो मुस्ताङको महत्वपूर्ण पर्यटकीय पदमार्ग हो । पछिल्लो समय त्यहाँको पर्यटकीय पदमार्ग बर्खायामको भेलबाढी र पहिरोले क्षति पुऱ्याउँदा उपल्लो मुस्ताङ जाने विदेशी पर्यटक पदयात्रीले निकै ठूलो जोखिम मोलेर यात्रा गर्नुपर्ने थियो ।
 
पदमार्गको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने भन्दै विभिन्न ट्रेकिङ एजेन्सीलेसम्बन्धी निकायको ध्यानाकर्षण गराउँदै आइरहेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलले उपल्लो मुस्ताङ जाने छुसाङ–पा–त्याङ्ग्या पदमार्गको मर्मत तथा स्तरोन्नतिकार्यले विदेशी पर्यटकको पदयात्रा सहज हुने बताए।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ८ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित