प्रतिनिधिसभा : हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग « Khabarhub

प्रतिनिधिसभा : हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरे ।

‘हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको छ, राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिने विद्यार्थी, अति आवश्यक कामका लागि जानुपर्ने सबैलाई असर परेको छ’, उनले भने, ‘दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनुपर्छ ।’

सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा रानीसिंह क्षेत्रको विवादका कारण धनगडी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको समूहप्रति दुर्व्यवहार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले हिमाली गाउँपालिका साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरूले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयलाई प्रहरीचौकी राखेर नियन्त्रण गर्न खोज्दा दुर्व्यवहार भएको बताए । साथै, उनले त्यस क्षेत्रको नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न माग गरे ।  

सांसद जनकराज गिरीले यही जेठ ४ गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतलाई साङ्घातिक आक्रमण गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । यस क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरे ।

सांसद निस्कल राईले केही समयदेखि प्रतिपक्ष दलले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेको भए पनि सरकारले सदनको मर्यादा पालना नगरेको र परम्परा तोड्ने नाममा संसद्को मर्यादा पालना नगरेको आरोप लगाए ।

सांसद अशोक चौधरीले जेन-जी आन्दोलनका क्रममा  इटहरी उपमहानगरपालिकाका दमकल र एम्बुलेन्स क्षति भएको जनाउँदै तत्काल नयाँ दमकल र एम्बुलेन्स व्यवस्था गर्न माग गरे । 

सांसद वासना थापाले दैलेखको गुराँस गाउँपालिका वडा ७ मा २८ वर्षीय गणेश थापाको हिजो १२ बजे गोठालो जाने क्रममा करेन्ट लागेर सिकिस्त घाइते भएको र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित यस्ता समस्याहरू धेरै भएकोप्रति सदनमार्फत प्राधिकरण ध्यानाकर्षण गराइन् । 

सांसद शोभा खनालले गोरखामा कतिपय पालिकामा बत्तीको समस्या भएको स्थानीयवासीले दुःखेको गरेको हुनाले विद्युत् प्राधिकरण ध्यानाकर्षण गराइन् । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १२ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित