सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण « Khabarhub

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न शुक्रबार आदेश दिएको छ।

गैरकानुनी थुनामा राखिएको भन्दै ज्योतिकी श्रीमती निरू दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई एकजना वरिष्ठ अधिवक्ताको रोहबरमा राखेर हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो । पाण्डेलाई हाजिरी जमानीमा छाडे पनि अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतले निर्देशन दिएको छ ।

सर्वोच्चले पाण्डेलाई आवश्यक अनुसारमात्रै विदेश यात्रा अनुमति पनि अदालतबाटै लिनुपर्ने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ।

सर्वोच्चले पाण्डेलाई प्रारम्भिक अवस्थामै हिरासतमा थुनिराखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो । त्यहीअनुसार सर्वोच्चले पाण्डेको पक्षमा बन्दीप्रत्यक्षीकरणको आदेश दिएको हो ।

पाण्डेमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई) ले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री प्रक्रियामा आपराधिक विश्वासघात लगायत आरोप लगाउँदै सिन्धुलीबाट पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

पाण्डेलाई भाग्दै आरोप लगाउँदै पक्राउ गरेपछि बैंक तथा वित्तीय क्षेत्रका संघ–संस्थाहरूले विरोध जनाएका थिए । उनीहरूले राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै सरकारको पनि आलोचना गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ७ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित