वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’ « Khabarhub

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताएका छन् । 

आइतबार काठमाडौंको वीर अस्पतालको अनुगमनका क्रममा बिरामी र बिरामीका आफन्तहरूको गुनासो सुन्दै मन्त्री मेहताले उपचार गर्न आउने आफैले डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गर्न लागिएको बताएकी हुन् ।

अस्पतालमा उपचार गर्न आएकाले स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा समस्यामा पर्ने गरेको गुनासो गरेका थिए । अस्पताल प्रशासनले भने दैनिक ५ हजारको संख्यामा बिरामीले बहिरंग सेवा लिने गरेकाले रिपोर्ट आउन ढिलाइ भएको जनाएको छ ।

मन्त्री मेहताले स्वास्थ्य परीक्षणको रिपोर्ट लिन अव अस्पताल आउन नपर्ने गरी छिटै व्यवस्था गरिने उल्लेख गरिन् । 

साथै उनले अस्पतालमा उपचार गर्न आउनेलाई बाहिर औषधी किन्नुपर्ने अवस्था आउन नदिन अस्पताल प्रशासनको ध्यानाकर्षण समेत गराइन् । 

अस्पतालको अनुगमनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारको योजनाहरू छिटै सार्वजनिक गरिने जानकारी दिइन् । 

सरकारको निर्देशनपछि सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा बहिरंग सेवा सञ्चालन गरिएको छ । 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ४ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित