आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड « Khabarhub

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ वनस्पति दिवस मनाइँदै छ ।

आजै वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदै छ ।

यस अवसरमा जडीबुटी संरक्षण, अनुसन्धान, प्रवर्द्धन तथा व्यवसायीकरणसम्बन्धी अन्तरक्रिया, प्रदर्शनी र सम्मान कार्यक्रमहरू आयोजना गरिने विभागले जनाएको छ ।

साथै देशका विभिन्न भागमा वृक्षारोपण, चेतनामूलक कार्यक्रम, जडीबुटी प्रदर्शनी तथा कृषक अभिमुखीकरण कार्यक्रम गरिने जनाइएको छ ।

वनस्पति दिवसले जैविक विविधताको संरक्षण, हरियाली प्रवर्द्धन तथा जडीबुटीमा आधारित अर्थतन्त्रको विकासमा जोड दिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ७ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित