युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित « Khabarhub

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण गरेकोे छ । रूसले मङ्गलबारदेखि बुधबारसम्मको २४ घण्टाको अवधिका ९४८ वटा ड्रोन आक्रमण गरेको बताएको छ।

युक्रेनको वायुसेनाले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार मङ्गलवार बिहानको ९ बजेदेखि रूसले आक्रमण गरेको छ । त्यसमा परेर कम्तीमा तीन जना मारिएका र दर्जनौँ घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार पश्चिमी सहर लभिभको सिटी सेन्टरस्थित युनेस्को सम्पदा क्षेत्रमध्ये एक १६औँ शताब्दीमा बनेको ‘बर्नार्डिन मोनास्ट्री’ क्षतिग्रस्त भएको छ। लभिभका अधिकारीहरूले मङ्गलवार पोस्ट गरेको एक भिडिओमा बर्नार्डिन मोनास्ट्रीनजिकै रहेको मानिसहरू बस्ने एक भवनको छानोमा आगो लागेको देखिन्छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फरक फुटेजमा सहरको आकाशमा भुइँबाट नजिकै ड्रोन उडेको र मानिसहरू बस्ने भवनमा ठोकिएको देखिन्छ। लभिभ क्षेत्रका प्रमुख माक्सिम कोजीत्स्कीले रुसी आक्रमणमा परेर ३२ जना घाइते भएको बताउनुभयो । इभानो फ्रान्किभ्स्क सहरमा दुई जना मारिएका र एक छ वर्षे बच्चासहित चार जना घाइते भएका एक स्थानीय अधिकारीले बताए।

क्षेत्रीय राजधानीमा एक प्रसूति अस्पतालसहित थुप्रै भवनहरूमा क्षति पुगेको बताइएको छ। पश्चिमी युक्रेनको एक अन्य सहर टेरनोपिल पनि मङ्गलवारको आक्रमणको निसानामा परेको थियो। युक्रेनी मध्य क्षेत्रमा रहेको सहर भिनित्सियामा एक व्यक्तिको ज्यान गएको र १३ जना घाइते भएको क्षेत्रीय प्रमुख नबालिया जाबोलोत्नाले जानकारी दिए ।

राति भएको आक्रमणमा युक्रेनका ११ क्षेत्र निसानामा परेका र पाँच मानिस मारिएका बताइएको छ। युक्रेनको वायुसेनाले अधिकांश रुसी ड्रोन तथा क्षेप्यास्त्र झार्न सफलता प्राप्त गरेको बताएको छ तर देशभरका कैयौँ क्षेत्रमा प्रत्यक्ष असर परेको पनि उसले स्वीकार गरेको छ।

युक्रेनी वायुसेनाका प्रवक्ता यूरी इन्हातले बताएअनुसार मङ्गलवार राति देशको उत्तरी क्षेत्रदेखि ‘ठूलो सङ्ख्यामा ड्रोन’ युक्रेनी आकाशमा प्रवेश गरेका थिए । चार वर्षभन्दा लामो समयदेखि चलिरहेको युद्धले युक्रेनको हरेक कुनामा असर पारेको छ तर देशको पश्चिमी हिस्सा रुसी सीमानिकट रहेको पूर्वी हिस्साको तुलनामा कम प्रभावित छ र कम आक्रमणमा पर्ने गरेको छ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ९ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित