साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य « Khabarhub

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको स्तरोन्नति गर्न गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को गत फागुन १४ गतेको बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो ।

साविक जिल्ला विकास समिति तनहुँबाट राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत २५ किलोमिटर सडक स्तरोन्नति गर्न २०७३ साल वैशाख २३ गते सन्तोषी निर्माण सेवा प्रालि चितवनसँग सम्झौता भएको थियो । प्रदेश संरचना लागू भएपछि उक्त आयोजना पूर्वाधार विकास कार्यालय तनहुँमा हस्तान्तरण गरिएको थियो ।

तर अन्तिम बिल भुक्तानीसम्बन्धी विवादका कारण काम लामो समयदेखि अलपत्र रहँदै आएको थियो । सो विवादमा मध्यस्थ परिषद्ले गरेको निर्णय उच्च अदालतबाट सदर भइसकेको छ । विगत पाँच वर्षदेखि नेपाल मध्यस्थता परिषदमार्फत उच्च अदालत पाटन ललितपुर हुँदै सर्वोच्च अदालतसम्म पुगेको उक्त मुद्दामा सर्वोच्च अदालतले हालै अन्तिम फैसला सुनाएको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले गाउँ कार्यपालिकाको निर्णयअनुसार सडक निर्माण रोकिँदा स्थानीय बासिन्दाको दैनिक आवागमनमा असर परेको, वैकल्पिक रूपमा अन्य निर्माण व्यवसायीमार्फत काम अघि बढाउन पनि सम्भव नभएको तथा सम्झौता कायम रहँदासम्म नयाँ काम सुरु गर्न नमिल्ने अवस्थाका कारण ठेक्का अन्त्य गर्नुपरेको जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार सम्झौता अन्त्य भएसँगै अन्य वैकल्पिक सडक आयोजनाहरू अघि बढाउने बाटो खुलेको छ । विशेषगरी गाईघाट–गल्याङ–कटहरे वैकल्पिक राजमार्गको मौसमी खण्डका लागि विनियोजित ४० करोडबराबरको आयोजनामा अब बोलपत्र आह्वान गर्न सकिने अवस्था बनेको छ । उनले भने, ‘यस निर्णयले लामो समयदेखि समस्यामा परेको सडक निर्माण प्रक्रिया पुनः अघि बढ्ने अपेक्षा गरिएको छ ।’

अदालतमा मुद्दाका कारण उक्त सडकका लागि आएको बजेट पनि पटकपटक ‘फ्रिज’ भएको थियो । उक्त सडकमध्ये देउरालीबाट मानपुरसम्म गण्डकी प्रदेश सरकारले, मानपुरबाट घिरिङ गाउँपालिकाको कार्यालय पोखरीछापसम्म ३.५ किलोमिटर सडक घिरिङ गाउँपालिकाको आन्तरिक बजेटबाट गत वर्ष कालोपत्र गरिएको थियो ।

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ तथा नियमावली, २०७९ बमोजिम ठेकेदार पक्षले करिब चार करोड २५ लाख २७ हजार ४१७ पैसा दाबी गरेको अवस्था रहेको जनाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : २२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित