समानुपातिक मतगणना : सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो « Khabarhub

समानुपातिक मतगणना : सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कांग्रेस पहिलो भएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसले २३ हजार ४२३ मत प्राप्त गरी पहिलो भएको हो । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० हजार ५२७ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ । समानुपातिकतर्फ नेकपा एमालेले १६ हजार ९५२, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार १४९ र श्रम संस्कृति पार्टीले ९५२ मत प्राप्त गरी क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ बनेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।

एक लाख २२ हजार ९०२ कुल मतदाता रहेको उक्त क्षेत्रमा ६९ हजार २८९ मत खसेको थियो । ६७ हजार ३०७ मत सदर हुँदा एक हजार ९८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं १ सुर्खेतले जनाएको छ ।

त्यसैगरी, एक निर्वाचन क्षेत्र भएको जुम्लामा समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टीले १० हजार २०२ मत ल्याएर पहिलो भएको हो ।

त्यसैगरी, नेपाली कांग्रेसले नौ हजार ३६०, नेकपा एमालेले छ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ५५२, राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ११८ र नेपाल मजदुर किसान पार्टीले एक हजार ४२१ मत प्राप्त गरी क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौँ र छैटौँ भएका हुन् । ७३ हजार ७३९ कुल मतदाता सङ्ख्या भएको जुम्लामा ४१ हजार ४५१ मत खसेको थियो । ४० हजार ११९ मत सदर हुँदा एक हजार ३३२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

त्यस्तै, एक निर्वाचन क्षेत्र भएको सल्यानमा समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीका अनुसार समानुपातिकतर्फ रास्वपाले २५ हजार ६६५ मत प्राप्त गरी पहिलो भएको हो । 

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले २० हजार ३३९ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ । समानुपातिकतर्फ नेपाली कांग्रेसले १६ हजार ६९, नेकपा एमालेले १४ हजार ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४३० मत प्राप्त गरी क्रमशः तेस्रो, चौथो र पाँचौँ बनेको मुख्य निर्वाचन अधिकृत योगीले जानकारी दिए । 

एक लाख ६२ हजार ५४५ कुल मतदाता रहेको उक्त क्षेत्रमा ८३ हजार ८२५ मत खसेको थियो । ८० हजार ७९० मत सदर हुँदा तीन हजार ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  २ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित