मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी « Khabarhub

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’ आक्रमण गरिने चेतावनी दिएका छन् । उनले आवश्यक परे नयाँ लक्ष्यहरूमा आक्रमण गर्न सकिने सङ्केत पनि दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत भने, “आज इरानमाथि अत्यधिक प्रहार गरिनेछ ।” उनले इरानको ‘खराब व्यवहार’ का कारण केही क्षेत्र र समूहहरूलाई पूर्ण विनाश र निश्चय मृत्युको खतरा भैरहेको बताए ।

यसअघि इरानी राष्ट्रपति मसूद पेझेस्कियनले उहाँको देश कहिल्यै इजरायल र अमेरिकाको सामु आत्मसमर्पण नगर्ने बताएका थिए ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध अभियान सुरु गरेका थिए, र त्यसयता इरानले इजरायल र गल्फका अमेरिकी क्षेत्रहरूलाई क्षेप्यास्त्र तथा ड्रोनमार्फत प्रहार गर्दै आएको छ ।

ट्रम्पले थप लेखेका छन्, “इरान अब मध्यपूर्वको धम्की दिने शक्ति होइन । उहाँहरू मध्यपूर्वको हार्ने पक्ष हुन् ।”

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित