तेहरान र बेरुतमा भीषण बमबारी « Khabarhub

तेहरान र बेरुतमा भीषण बमबारी

विश्वमा ठूलो तेल संकटको खतरा


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा भएका शृंखलाबद्ध हवाई हमलामा परी इरान र लेबनानमा गरी ज्यान गुमाउनेको संख्या ६०० नाघेको छ।

इजरायली वायुसेनाले तेहरानस्थित इरानी सरकारी रेडियो तथा टेलिभिजनको मुख्यालयलाई निशाना बनाई ध्वस्त पारेको छ।

सञ्चार केन्द्रबाट इरानी रिभोलुसनरी गार्ड्सले प्रोपोगान्डा फैलाउने गरेको इजरायलको दाबी छ। यता लेबनानको बेरुतमा पनि आवासीय क्षेत्र र सैन्य ठेगानामा बमबारी जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इरानलाई निःशस्त्र बनाउने ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको यो सैन्य अभियान झण्डै चार हप्तासम्म चल्न सक्ने बताएका छन्।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले तेहरानको क्षेप्यास्त्र क्षमता र आणविक पूर्वाधार पूर्ण रूपमा नष्ट नगरेसम्म अमेरिका पछि नहट्ने प्रतिबद्धता जनाएका हुन्। उनले भनेका छन्, ‘हामीले इरानबाट आउने खतरालाई सधैँका लागि अन्त्य गर्नुपर्छ, यसका लागि जस्तोसुकै कदम चाल्न वासिङ्टन तयार छ।’

इरानी सैन्य कमान्डरले हर्मुज मार्ग भएर जाने कुनै पनि जहाजमाथि आक्रमण गर्ने धम्की दिएका छन्। विश्वको कुल तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने यो मार्ग बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० देखि १३ प्रतिशतसम्म बढिसकेको छ।

इजरायली बमबारीको चपेटामा लेबनान । तस्बिरः एपी

बमबारीका कारण हजारौँ मानिस विस्थापित भएका छन् भने अस्पताल घाइतेले भरिएका छन्। संयुक्त राष्ट्रसंघले यस द्वन्द्वले ठूलो मानवीय संकट निम्त्याउन सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेको छ। दुवै पक्ष पछि हट्ने संकेत नदेखिएकाले मध्यपूर्वमा पूर्णकालीन युद्धको खतरा बढेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ७ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित