मोरङमा मतदानका लागि आवश्यक सामग्री पठाउन सुरु « Khabarhub

मोरङमा मतदानका लागि आवश्यक सामग्री पठाउन सुरु


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङमा मतदानका लागि आवश्यक सामग्रीहरू प्रदेश निर्वाचन कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाउन सुरु गरेको छ ।  

प्रदेश निर्वाचन कार्यालय मोरङले निर्वाचन क्षेत्र नंं. १, क्षेत्र नं २ र क्षेत्र नं ४ मा आवश्यक पर्ने मतपेटिका, घेराबारा लगायत ४९ प्रकारका मतदान सामग्रीहरू पठाउन थालेको जनाएको छ । 

मतपत्र र सुरक्षा सिलहरू पुगिसकेको र छिटै सबै निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री पठाई सकिने निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए । उनले ५१ प्रकारका मतदान सामग्री पठाइने गरिएकोमा यस पटक छाप लगाउँदा चाहिने म्याट र झोला आयोगले नपठाएको बताए । 

फागुन १८ गते बेलुकासम्म सम्बन्धित मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरू मतदान केन्द्रमा पुगिसक्ने र राजनीतिक दलहरूसँग छलफल गरेर मौन अवधि लगायतको सूचना प्रकाशित गर्ने कार्यक्रम रहेको छ । मोरङमा ३ सय ६ वटा मतदान स्थल र दुई वटा अस्थायी मतदान केन्द्र सहित ८ सय ९० वटा मतदान केन्द्रहरू रहेका छन् । 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित