४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी « Khabarhub

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका दर्जनौँ ड्रोन र मिसाइलहरूलाई सफलतापूर्वक बीचैमा निस्तेज पारेको जनाएको छ । जोर्डनको आधिकारिक समाचार एजेन्सीका अनुसार सैन्य बलले आज देशको हवाई क्षेत्रमा प्रवेश गरेका ४९ वटा शंकास्पद वस्तुहरूलाई ‘इन्टरसेप्ट’ गरेको हो ।

सैन्य स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएको प्रतिवेदन अनुसार जोर्डनको एअर डिफेन्स प्रणालीले १३ वटा ब्यालिस्टिक मिसाइलहरूलाई आकाशमै ध्वस्त पारेको थियो। त्यसैगरी, जोर्डनको आकाशमा अनधिकृत रूपमा प्रवेश गरेका अन्य ड्रोनहरूलाई पनि सेनाले निगरानीमा राखी खसालेको बताइएको छ।

मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गर्ने क्रममा त्यसका टुक्राहरू खस्दा केही भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन्। यद्यपि, यी घटनाहरूमा हालसम्म कुनै मानवीय हताहतीको खबर प्राप्त नभएको सेनाले पुष्टि गरेको छ।

पछिल्लो समय इरान र इजरायलबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा स्थिति निकै संवेदनशील बनेको छ। जोर्डनले आफ्नो सार्वभौमसत्ता र नागरिकको सुरक्षाका लागि कुनै पनि बाह्य आक्रमण वा घुसपैठको कडा प्रतिवाद गर्ने स्पष्ट पारेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ११ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित