किमद्वारा राइफल उपहार, छोरी फेरि केन्द्रमा « Khabarhub

किमद्वारा राइफल उपहार, छोरी फेरि केन्द्रमा


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको साताव्यापी महाधिवेशनपछि शीर्ष सरकारी तथा सैन्य अधिकारीहरूलाई नयाँ स्नाइपर राइफल उपहार दिएका छन्। 

राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उनकी छोरीको उपस्थितिलाई विशेष रूपमा देखाइएको छ, जसले उत्तराधिकार सम्बन्धी अड्कलबाजीलाई पुनः बल दिएको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले शुक्रबार पार्टी र सेनाका वरिष्ठ अधिकारीहरूलाई राइफल हस्तान्तरण गर्दै सन् २०२१ को अघिल्लो महाधिवेशनयता पाँच वर्षको अवधिमा देखाएको प्रतिबद्धताप्रति ‘पूर्ण विश्वास’ र कृतज्ञता व्यक्त गरे । सुटिङ रेन्जमा आयोजित कार्यक्रममा किम यो जोङसहित अन्य उच्च अधिकारीहरूले राइफल परीक्षण गरेको तस्बिर सार्वजनिक गरिएको छ ।

रिपोर्टले किमकी बहिनी किम यो जोङ हाल पार्टीको केन्द्रीय समितिको सामान्य मामिला निर्देशकको जिम्मेवारीमा रहेको पुष्टि गरेको छ । उनले पछिल्ला वर्षहरूमा वासिङ्टन र सियोलप्रति कडा धारणा राख्दै प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए । नयाँ जिम्मेवारीले पार्टीको आन्तरिक प्रशासन र सञ्चालनमा उहाँको प्रभाव विस्तार भएको संकेत गर्दछ ।

तस्बिरहरूमा किमकी छोरी पनि राइफल समातेको देखिएकी छन् । नोभेम्बर २०२२ मा अन्तरमहादेशीय मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी किम जु ए त्यसयता विभिन्न सैन्य प्रदर्शन, औद्योगिक कार्यक्रम र कूटनीतिक भेटघाटमा बुबासँगै देखिँदै आएकी छन् । 

हाल करिब १३ वर्षकी मानिने उनलाई उत्तराधिकारी बनाउने तयारीबारे दक्षिण कोरियाली अधिकारीहरूले चासोपूर्वक निगरानी गर्दै आएका छन् ।

सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको पार्टी महाधिवेशन बुधबार प्योङयाङमा सम्पन्न भएको थियो । बैठकमा किमले उत्तर कोरियाको आणविक शस्त्र कार्यक्रमलाई तीव्रता दिने योजनामा दोहोर्‍याएर जोड दिए ।

साथै दक्षिण कोरियाप्रति कडा नीति कायम राख्दै संयुक्त राज्य अमेरिकासँग वार्ताको ढोका खुला रहेको सङ्केत गरे, तर आणविक निशस्त्रीकरणलाई पूर्वशर्त नबनाउन आग्रह दोहोर्‍याए।

दक्षिण कोरियाको जासुसी निकायले यसै महिना किम जु एलाई उत्तराधिकारीका रूपमा औपचारिक रूपमा अघि सार्ने सम्भावना रहेको अनुमान सार्वजनिक गरेको थियो । यद्यपि उनी महाधिवेशनका औपचारिक बैठकहरूमा सहभागी देखिएकी थिइनन् । पार्टी नियमअनुसार औपचारिक पदका लागि कम्तीमा १८ वर्ष उमेर आवश्यक हुने भएकाले तत्काल त्यस्तो घोषणा नभएको संकेत गरिएको छ ।

महाधिवेशनपछिको राज्य मिडिया रिपोर्टमा ‘हाम्रो पार्टीको गौरवशाली उत्तराधिकार र विकास सुनिश्चित गर्ने ठोस आधारशिला’ राखिएको उल्लेख गरिएको छ । विश्लेषकहरूले यसलाई भावी उत्तराधिकारबारे अप्रत्यक्ष सन्देशका रूपमा व्याख्या गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित