काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै « Khabarhub

काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ ।

विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यअन्तर्गत कामपाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य सबै प्रकारका कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराइएको कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

गएको माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरी विद्यालय परिवारलाई प्रविधिमा आबद्ध गराएको हो ।

डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने क्षमता विकास गरिएपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइएको हो । शिक्षक, कर्मचारी र विद्यार्थी गरी कक्षा १० सम्मका करिब ४५ हजार सङ्ख्या रहेको कामपा विभागका प्रमुख ढकालले जानकारी दिए ।

विभागले २०८२ चैत १ देखि विद्यालयहरूमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध भएको तथ्याङ्क तथा अभिलेखका आधारमा पठाउने निर्णय गरेको थियो ।

यही फागुन १३ र १४ गते विभागले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग आयोजना गरेको बैठकमा उनले प्रणालीलाई प्रभावकारी कार्यान्वयन नगरे अनुदान रकम पठाउन नसकिने भएकाले बाँकी इ–हाजिरीको काम तत्काल सक्न आग्रह गरे ।

विद्यालयहरूको भौतिक पूर्वाधार विकासका लागि पूर्वाधार सर्वेक्षणका काम भइरहेको छ । चालु आर्थिक वर्षमा यसका लागि ३६ करोड विनियोजन गरिएको छ । विभागका प्रमुख ढकालका अनुसार पहिलो चरणमा चार वटा, दोस्रो चरणमा ११ वटा विद्यालयको पूर्वाधार गुरुयोजना तयार भएको छ । तेस्रो चरणमा २३ वटा विद्यालयहरूको विस्तृत परियोजना प्रतिवेदन तयारी गर्ने कार्य भइरहेको छ ।

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरी पहिलो चरणमा छ वटा र दोस्रो चरणमा पाँच गरी ११ वटा विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकबाट विशेष तयारी कक्षाहरू सञ्चालन गरिरहेको छ । यसबाहेक अन्य विद्यालयहरूले पनि विशेष कक्षाका लागि लिखित माग गरेमा शिक्षा विभागले कक्षाको व्यवस्थापन गर्ने भएको छ ।

विभागले २०८२ चैत मसान्तसम्म दरबन्दी मिलान सम्पन्न गरेर नयाँ शैक्षिक सत्र २०८३ वैशाखदेखि दरबन्दीअनुसारको शिक्षक विद्यालयहरूमा व्यवस्थापन गर्ने तयारी कामपाको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १० : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित